Share This Article
बिहानीमा उसको चम्किला आँखाले
मेरो हृदयमा रंग भरिदिन्छ।
उसले देखाउने त्यो मधुर मुस्कान,
मेरा दिनहरू उज्यालो बनाइदिन्छ।
अरूले गर्न नसक्ने काम,
उनी सजिलै गरिदिन्छिन् एउटै मुस्कानमा।
न त शब्द चाहिन्छ, न कुनै कथा,
उसको मुहारमै लुकेको छ माया काे गथा।
सुन्दर आकाश, फुलको बहार,
सबैभन्दा बढी प्यारो हुन्छ उसले देखाउने उपहार।
शान्त हावा जस्तै चल्ने त्यो हासो,
जिन्दगीको सबैभन्दा मिठो हुन्छ् उनको हाँसो।
बिहानीको उज्यालो होस् या साँझको जुनेली,
उनी छिन् भने हर्षले भनिन्छ उन् हो मेरो मनको रानी।
जीवनमा जति खुशी पाउँछु आज,
सबैहो मेरो प्रेरणाको स्रोत।
