Share This Article
वासन्तीसँग म हिँड्दै थिएँ,
घामले निधार छोइरहेको थियो,
चुपचाप बतास बगिरहेको,
रौँ मेरा उचाल्दै थियो।
मनमा शान्ति, बाटो सुनसान,
हरपल रमाइलो लाग्दै थियो,
त्यो साथ, त्यो क्षण, त्यो माया,
जीवन जस्तो लाग्दै थियो।
विश्रामको बेला वासन्तीसँगै,
एक बृद्ध आइपुगे झ्याप्पै,
हेरेर मलाई मुस्काए उनले,
“तँ आमुको को छोरो है!”
छक्क परेँ म, अचम्म लाग्यो,
कसरी मलाई यति छिटो चिन्नु भयो?
पहिलोपटक भेट त आजै हो,
तर मनमा गहिरो सम्झना थियो।
उनले सुनाए बाल्यकालका कथा,
जवानीका ज्ञानका सागर बगाए,
तीतो थियो याद, उज्यालो थियो मन,
अनुभवका पाना विस्तारै सुनाए।
“तिम्रो बाबु असल मान्छे थिए,”
भन्नुभयो उहाँ गर्वसाथ,
अघिल्तिर म देख्दै थिएँ भविष्य,
उहाँ सुनाउँदै थिएँ विगतका बात।
पहिचान बिना पनि पहिचान गर्नु,
साँचो सम्झनाको साक्षी थियो त्यो दिन,
वासन्तीसँगको त्यो छोटो विश्राम,
बन्यो बिर्सन नसकिने सन्देशमय छिन।
